श्रावण २६, २०८२ सोमबार | १४:४१:००
टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित

दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो

काठमाडौं । पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिज डकवर्थ लुइस पद्धति (डिआरएस) को आधारमा पाँच विकेटले विजयी भएको छ ।

वेस्ट इन्डिजको यो जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा पाकिस्तान पाँच विकेटले विजयी भएको थियो ।

आइतबार ब्रायन लारा रंगशालमा वर्षाले बाधक बनेको खेलमा ३५ ओभरमा पाएको १८१ रनको नयाँ लक्ष्य वेस्ट इन्डिजले १० बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ४९, शेर्फन रादरफोर्डले ४५, कप्तान साइ होपले ३२, जस्टिन ग्रिभ्सले अविजित २६ र केसी कार्टीले १६ रन बनाए ।

छैटौं विकेटका लागि चेज र ग्रिभ्सले अविजित ७७ तथा चौथो विकेटका लागि रादरफोर्ड र होपले ५४ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि हसन अली र मोहम्मद नवाजले समान दुई तथा अब्रार अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ३७ ओभरमा सात विकेट गुमाउँदै १७१ रनको योगफल तयार पारेकोे थियो ।

पाकिस्तानका लागि हसन नवाजले अविजित ३६, हुसेन तलातले ३१, अब्दुल्लाह सफिक २६, सइम अयुबले २३, कप्तान महम्द रिजवानले १६ र शाहिन शाह अफ्रिदीले अविजित ११ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेडन सिल्सले तीन तथा जेडिया ब्लेड्स, शमर जोसेफ, गेडाकेश मोती र रोस्टन चेजले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल मंगलबार हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?