श्रावण २९, २०८२ बिहीबार | ०९:०८:५६
आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी

एन्फा महिला लिग छनोटको तयारी पूरा

काठमाडौं । बिहीबारबाट सुरु हुने एन्फा महिला लिग छनोटको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ ( एन्फा) ले बुधबार  पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो । छनोट प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले तथा समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।

यसअघि असार पहिलो साता एन्फाले महिला लिग छनोट खेल्ने १६ टिमको नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा रहेकामध्ये चित्लाङ एफसी र कन्काइ खेलकुद प्रतिष्ठानले समयमा कागजात नबुझाएपछि प्रतियोगिता खेल्न नपाउने एन्फाले जनएको छ ।

हरेक समूहमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली सिधै मुख्य प्रतियोगिताका लागि छनोट हुनेछन् । यसैगरी तेस्रो स्थानमा रहने टोलीबीच प्लेआफ हुनेछ । जसको विजेताले पनि महिला लिग खेल्नेछ ।

कूल ४३ खेल हुने प्रतियोगिता च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्नेछन् । यो खेल एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

यसैगरी सोही दिन ४ः१५ मा सुरु हुने खेलमा संकटा र  नेपाल खेलकुद क्लब भिड्नेछन् ।

एन्फाले प्रतियोगितामा सहभागी टोलीलाई ५० हजार तयारी खर्च तथा १० हजार रुपैयाँ ‘म्याच फी’ का रुपमा उपलब्ध गराउने भएको छ । प्रतियोगिताको अनुमानित बजेट ८९ लाख ७३ हजार ५७१ रुपैयाँ  छ । 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video