पुस २, २०८२ बिहीबार | ११:५२:००
सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल

अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि

काठमाडौं । आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

बुधबार सम्पन्र ९ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे । विर्तामोड कलेजका मिसन दाहाल दोश्रो तथा सेन्ट जेभियर्सका अभिक शाह तेश्रो स्थानमा रहे ।

दुवैले समान ६अंक जोडे पनि प्रोग्रेसिभ अंकका आधारमा मिसन दोश्रो भएका हुन्। शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ  प्राप्त गरे ।

पुल्चोक इन्जिनिएरिङ कलेजका सुजन काफ्ले, हेराल्ड कलेजका सम्यक श्रेष्ठ, विर्तामोडका रिसोन थापा, सोफ्टवारिकाका कुशल बेल्वासे , बिएन एकेडेमीका अविन पाण्डे, सेन्ट जेभियर्सका शुभम श्रेष्ठ र कशिभ कार्की चौथो देखि १०औं स्थानमा रहे।

उनीहरूले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार ५००, ४ हजार, ३ हजार ५०० र ३ हजार रुपैयाँ हात पारे ।

महिलातर्फ द चाँदबागकी कुसुम घिसिङ पहिलो र ट्रिनिटीकी रिया श्रेष्ठ दोश्रो भए । उनीहरूले १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई टोखा नगरपालिका वडा-७ का अध्यक्ष नरोत्तम राना, आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख डा। राजेन्द्र केसी, साउथ वेस्टर्नका भाइस प्रिन्सिपल हरिसिंह केसी, इन्टरनेसनल रिलेसन को-ओर्डिनेटर सरिता शाक्यलगायतले पुरस्कार वितरण गरे ।

विजेता पुरुषोत्तमले जितेको पुरस्कारबाट क्लबलाई ५ हजार सहयोग गर्ने बताए । दुई दिने प्रतियोगितामा ४० कलेजका १०३ खेलाडी सहभागी थिए ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team