काठमाडौं । एभरेस्ट महिला भलिबल लिग(इडब्लुभिएल) को दोस्रो संस्करणका लागि काठमाडौं स्पाइकर्सले काजकिस्तानकी अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ ।
अपोजिट हिटर अलेना काठमाडौं स्पाइकर्स भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई भित्र्याएको थियो ।
अलेनाले काजखस्तानको भिसी कौन्यास र अरु अस्तानाबाट खेलिसकेकी छन् । उनीसँग एभिसी महिला च्याम्पियन्स लिग खेलेको अनुभव पनि छ ।
दुई विदेशी खेलाडी नकोभा र अलेना अनुबन्ध पछि टिम अझ सन्तुलित र मजबुत हुने काठमाडौंको विश्वास छ ।
इडब्लुभिएलका लागि फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । काठमाडौंले तेस्रो तथा अन्तिम खेलाडी पनि छिटै घोषणा गर्ने जनाएकाे छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
यस्तै टोलीले लोकबहादुर बुढालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । । इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ ।