माघ २९, २०८२ बिहीबार | ०८:४५:०२
दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान

साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने

प्रतियोगिताको सहप्रायोजनका लागि सम्झौता हुँदै ।

काठमाडौं ।  स्ट्याग टेवल टेनिसग्लोबल च्याम्पियन्स लिगको तेस्रो संस्करण भदौको पहिलो साता हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जानकारी दियो ।

विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबले प्रतिस्पर्धा गर्दै आएका छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा हरेक टोलीले चार राष्ट्रका विदेशी खेलाडी राख्न पाउनेछन् ।

पहिलो संस्करणको उपाधि एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । यसपल्ट भने प्रहरी सहभागी छैन ।

यसपल्ट याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् ।

पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस पटक  पुरस्कार राशि पनि बढाएर चार लाखबाट ६ लाख रुपैयाँ पुर्याइएको एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिइन् । लिगको विजेताले तीन लाखसहित रनिङ ट्रफी, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।

बुधबार नै आयोजक च्याम्पियन्स एकेडेमीले तीन सहप्रायोजक सामाजसेवी एवं टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्रालि र कल मोबिलिटी प्रालिसँग सम्झौता गरेको थियो ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं