श्रावण २९, २०८२ बिहीबार | ०८:५८:३८
आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी

साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने

प्रतियोगिताको सहप्रायोजनका लागि सम्झौता हुँदै ।

काठमाडौं ।  स्ट्याग टेवल टेनिसग्लोबल च्याम्पियन्स लिगको तेस्रो संस्करण भदौको पहिलो साता हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जानकारी दियो ।

विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबले प्रतिस्पर्धा गर्दै आएका छन् । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा हरेक टोलीले चार राष्ट्रका विदेशी खेलाडी राख्न पाउनेछन् ।

पहिलो संस्करणको उपाधि एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । यसपल्ट भने प्रहरी सहभागी छैन ।

यसपल्ट याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन् ।

पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस पटक  पुरस्कार राशि पनि बढाएर चार लाखबाट ६ लाख रुपैयाँ पुर्याइएको एकेडेमीकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिइन् । लिगको विजेताले तीन लाखसहित रनिङ ट्रफी, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।

बुधबार नै आयोजक च्याम्पियन्स एकेडेमीले तीन सहप्रायोजक सामाजसेवी एवं टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्रालि र कल मोबिलिटी प्रालिसँग सम्झौता गरेको थियो ।


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video