श्रावण १६, २०८२ शुक्रबार | ०४:४२:४३
एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एनपिएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भारतका दुवै टोली विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा छनोट मैत्रीपूर्ण खेलमा टोटनहम विजयी बार्सिलोनाको सानदार जित पुर्व क्रिकेटर ममता थापा ग्लोबल युनि नेटवर्कको सद्भावना दुत नियुक्त ‘फिफा फुटबल फर स्कुल्स’ अभियान सुरु, प्रधानमन्त्रीले गरे उद्धघाटन फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण साफ यु-१७ च्याम्पियनसिपः नेपालको पहिलो प्रतिद्धन्द्धी श्रीलंका आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा हुने बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

इङ्ल्यान्ड र भारतबीचको चौथो टेस्ट बराबरी

काठमाडौं । घरेलु टोली इङ्ल्यान्ड र भारतबीचको चौथो टेस्ट बराबरीमा सकिएको छ ।

यो नितजासँगै पाँच खेलको शृंखलामा इङ्ल्यान्डको २-१ को अग्रता कायम छ ।  यसअघि इङ्ल्यान्डले पाँच विकेट र २२ रन तथा भारतले ३३६ रनको जित निकालेका थिए ।

पाँचौं दिनसम्म चलेको टेस्टको दोस्रो इनिङमा भारतले चार विकेट गुमाउँदै ४२५ रन बनायो ।

दोस्रो इनिङमा भारतका लागि रविन्द्र जडेजाले १८५ बलमा १३ चौका र एक छक्काको मद्दतले अविजित १०७ रनको योगदान गरे । यसैगरी कप्तान शुभमन गिलले १०३, वासिङटन सुन्दरले अविजित १०१ र केएल राहुलले ९० रन बनाए ।

भारतले १७४ २ को स्थितीबाट पाँचौं दिनको सुरुआत गरेको थियो । इङ्ल्यान्डका लागि क्रिस वोक्सले दुई तथा जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङमा ३५८ रन बनाएको बनाएको थियो । इङ्ल्यान्डले पहिलो इनिङमा ६६९ रन बनाएपछि भारत ३११ रनले पछाडि परेको थियो ।

इङ्ल्यान्डका लागि जो रुटले २४८ बलमा १४ चौकाको मद्दतले सर्वाधिक १५० रनको योगदान गरे । यसैगरी कप्तान बेन स्टोक्सले १४१, बेन डुकेटले ९४, ज्याक क्राउलीले ८४, ओली पोपेले ७१, ब्राइडन कार्सेले ४७ र लियम डसनले २६ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले चार, जसप्रित बुमराह र वासिङटन सुन्दरले समान दुई तथा अन्शुल कम्बोज र मोहम्मद सिराजले समान एक विकेट लिए । 

पाँचाैं तथा अन्तिम टेस्ट बिहीबारदेखि द ओभलमा सुरु हुनेछ । 


भिडियो
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video