काठमाडौं । सचिन लेखकको उत्कृष्ट प्रदर्शनप्रेरित ललितपुर जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटको फाइनलमा स्थान बनाएको छ ।
सोमबार मुलपानी क्रिकेट मैदान (माथिल्लो मा सम्पन्न पहिलो सेमिफाइनलमा ललितपुरले चितवन जिल्लाविरुद्ध तीन विकेटको जित दर्ता गर्यो ।
चितवनले प्रस्तुत गरेको १८७ रनको लक्ष्य ललितपुरले ४० ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरका लागि सचिन लेखकले ८० बलमा सर्वाधिक ७० रनको योगदान गरे ।
यसैगरी कप्तान आशुतोष घिरैयाले ४१ र विवेक रानामगरले अविजित ३२ रन बनाए ।
चितवनका लागि गौतम केसीले चार तथा प्रशान्त महत र दिपेश श्रेष्ठले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि प्रतिक श्रेष्ठले ८७ बलमा सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी दिपेश श्रेष्ठले २३ र क्रिजन गुरुङले १८ र बनाए ।
ललितपुरका लागि नन्दन यादवले तीन तथा तिलकराज भण्डारी र विपिन आचार्यले समान दुई विकेट लिए ।
ललितपुरले उपाधिका लागि काठमाडौं र मकवानपुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।