काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताका विधागत उत्कृष्टले नगद पुरस्कारसँगै यामाहाको मोटरसाइकल पनि पाउने भएका छन् ।
आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई यामाहाको सलुटो १२५ सिसी मोटरसाइकल प्रदान गर्न लागिएको हो ।
यसअघि नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने घोषणा भइसकेको थियो ।
प्रतियोगिताको उपाधिका लागि सोमबार साबिक विजेता मच्छिन्द्र र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।
फाइनइलमा विश्वकप विजेता इटालियन गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रूपमा रहने छन् ।
भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league