फाल्गुन २०, २०८१ मंगलबार | ०२:०२:०२
सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी पाकिस्तानमाथि फिफाले लगाएकाे निलम्बन हट्यो प्लानिङ ब्वाइज सेमिफाइनलमा अफिज ओलावालेले धनगढीबाटै एनएसएल खेल्ने उपाधिमा मछिन्द्रको ह्याट्रिक सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने ललितपुर फाइनलमा धनगढी एफसीको ‘ट्यालेन्ट हन्ट’ बाट छानिए चार खेलाडी नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छुः म्याट रस केपी ओली कपका विधागत उत्कृष्टले यामाहाको मोटरसाइकल पनि पाउने

भक्तपुरको पहिलो जित

त्रिविविरुद्ध शतक प्रहार गरेका शुभ कंसाकार ।

काठमाडौं । शुभ कंसाकार र कप्तान क्रिस कार्कीको उत्कृष्ट प्रदर्शनप्रेरित भक्तपुर जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित निकालेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा भक्तपुरले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ११६ रनको फराकिलो जित दर्ता गर्यो ।

जितसँगै भक्तपुरले तीन खेलमा दुई अंक जोड्यो । तीनै खेलमा पराजित त्रिवि अंकविहिन रह्यो । यसअघि दुवै टोलीले ललितपुर र काठमाडौंसँग पराजय बेहोरेका थिए ।

भक्तपुरले प्रस्तुत गरेको ३०२ रनको लक्ष्य पछ्याएको त्रिवि ४६. चार ओभरमा १८५ रनमै समेटियो ।

त्रिविका लागि आदिल खानले ४७, यशराज बस्नेतले ३७ र सुरेन्द्रप्रसाद पन्तले २१ रन बनाए ।

भक्तपुरका लागि क्रिस कार्कीले पाँच तथा त्रिशन चौलागाईँ र सुवास खत्रीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भक्तपुरले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३०१ रनको योगफल तयार पारेको थियो ।

भक्तपुरका लागि शुभ कंसाकारले १४५ बलमा अविजित १६४ रनको योगदान गरे । यसैगरी सुवा खत्रीले ३७ र विनोद तामाङले ३६ रन बनाए ।

त्रिविका लागि सुरेन्द्रप्रसाद पन्तले तीन, अशोक सुनारले दुई र अशोक बोहराले एक विकेट लिए ।


भिडियो
MADHYAPUR YOUTH ASSOCIATION : भक्तपुरको फुटबल अभियान I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
BRIGADE BOYS घरेलु फुटबलको आरोहअवरोहमा रुमल्लिएको क्लब I TEAM PROFILE I MARTYR'S MEMORIAL B DIVISION
Italian Legendary Goalkeeper Gianluigi Buffon: नेपाल आउने सानैदेखिको सपना पूरा भयो ।
ARMY संगको खेल संधै VITAL हुन्छ : BISHAL SHRESTHA , CAPTAIN MACHINDRA CLUB
Team Work ले गर्दा FINAL सम्म पुग्न सफल भएका हौँ : Gillespy Jung Karki Captain, TAFC
Machindra FC बलियो छ, हामी हराउँन तयार छौंः Megh Raj Kc CAOACH TAFC
RCT CLUB लाई इतिहासले घच–घच्याइरहन्छ I TEAM PROFILE I Martyr's Memorial B Division league