पुस २०, २०८२ सोमबार | ०७:२३:१०
फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका

अस्ताए नेपाली बक्सिङका हस्ती थापा

फाइल फोटो/अजय फुयाल (खेलाडी)

काठमाडौं । नेपाली खेलकुद इतिहासका अग्रणी खेलाडीमध्ये एक– बक्सिङका हस्ती नामसिंह थापाको निधन भएको छ । नेपालका तर्फबाट ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएका प्रथम ओलम्पियनमध्येका एक थापा शनिबार बिहान हङकङस्थित ‘हेभन एण्ड होप’ अस्पतालमा अस्ताएका हुन् ।

शनिबार दिउँसो नेपाल बक्सिङ संघले फेसबुकमार्फत दीवंगत थापाको फोटो पोस्ट गर्दै श्रद्धाञ्जली व्यक्त गरेसँगै उनको अवसानका बारेमा आधिकारिक पुष्टि भएको हो । थापा लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

थापा स्याङ्जा र पोखराको बीचमा रहेको दुर्गम पहाडी गाउँ मनकामना गाविसको बलेउ–५ मा जन्मिएका थिए । उनले १८ वर्षको उमेरमा सन् १९६४ मा टोकियोमा भएको ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाएका थिए । जतिबेला पुरुष फ्लाईवेट बक्सिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका उनी समग्रमा नवौं स्थानमा रहे ।

टोकियो ओलम्पिक्स नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिक्स हो । ६ खेलाडीले एथलेटिक्स र बक्सिङमा प्रतिस्पर्धा गरेका थिए । थापासँगै ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले बक्सिङमाा प्रनिनिधित्व गरेका थिए । त्यस्तै गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए ।

दुर्गम क्षेत्रका खेलाडीहरुको पुस्तालाई अन्तर्राष्ट्रिय मञ्चमा जान प्रेरणा दिने थापाको निधनसँगै नेपाली खेलकुद शोकमा डुबेको छ ।

उनका श्रीमती, एक छोरा र चार छोरीहरु छन् ।
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA