कार्तिक १७, २०८२ सोमबार | १९:३५:२४
चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने

क्षितिज र शोभाको जोडी क्वार्टरफाइनलमा

श्रीलंकन जोडीसँग प्रतिस्पर्धा गर्दै क्षितिज र सोभाको जोडी ।

काठमाडौं । क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाडौंमा जारी योनेक्स सनराईल नेपाल इन्टरनेसनल च्यालेन्जको मिक्स युगलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यससँगै नेपालको खातामा कम्तिमा एक कास्य पदक पक्का भएको छ ।

क्वाटरफाईनलमा क्षितिज र सोभाको भेट नेपालकै प्रिन्स दाहाल र रसिला महर्जनको जोडीसँग हुनेछ । थाइल्यान्डले नाम फिर्ता लिएपछि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेको थियो ।

क्षितिज र सोभाको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८-२१, २४-२२, २४-२२ ले पराजित गर्यो । 

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताका अन्य खेलमा नेपाली खेलडीहरुले निरासाजनक प्रदर्शन गरे । मिक्स युगल तर्फकै अन्य खेलमा देव राना र शेष्ना सिर्पालीको जोडी थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग-अन र कोडचापोर्न चाईछानाको जोडीसँग २१-९, २१-१४, भोजबहादुर गुरुङ र  अन्जना राईको जोडी अमेरिकाका प्याट्रिक ची र नाताली चीको जोडीसँग २१-११, २१-८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडीसँग २१-१०, २१-१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाइल्यान्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडीसँग २१-८, २१-६ ले पराजित भए ।

योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजनामा भएको च्यालेन्जको पुरुष युगलतर्फ नेपालका प्रिन्स दाहाल र श्रीलंकाका दुमिन्दु अवेविक्रमेको जोडी १७-२१, २३-२१ १५-२१ ले पराजित भयो ।

यस्तै पुरुष युगलतर्फको अन्य खेलमा क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकोर र ध्रुव थाकोरको जोडी संग २१-७, २१-१०, भोजबहादुर गुरुङ र प्रफुल महर्जनको जोडी भारतकै विप्लभ कुभाले र विराज कुभालेको जोडीसँग २१-१३, २१-१६ तथा सुनिल जोशी र अमन महर्जनको जोडी थाइल्यान्डका नारुत सेङ्गखाम र अपिचासित थिराविवतसँग २१-८, २१-१० ले पराजित भए ।

महिला युगलतर्फ नेपालको रसिला महर्जन र अमिता गिरीको जोडी श्रीलंकाका हसिनी अबलङ्गगोदागे र हसरा विजयरत्नेको जोडीसन्ग २१-११, २१-१७ तथा शोभा गौचन र शेष्ना सिरपालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडीसँग २१-१८, २१-१४ ले  निरास बने ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA