चैत्र ५, २०८२ बिहीबार | ०३:४०:५६
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

क्षितिज र शोभाको जोडी क्वार्टरफाइनलमा

श्रीलंकन जोडीसँग प्रतिस्पर्धा गर्दै क्षितिज र सोभाको जोडी ।

काठमाडौं । क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाडौंमा जारी योनेक्स सनराईल नेपाल इन्टरनेसनल च्यालेन्जको मिक्स युगलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यससँगै नेपालको खातामा कम्तिमा एक कास्य पदक पक्का भएको छ ।

क्वाटरफाईनलमा क्षितिज र सोभाको भेट नेपालकै प्रिन्स दाहाल र रसिला महर्जनको जोडीसँग हुनेछ । थाइल्यान्डले नाम फिर्ता लिएपछि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेको थियो ।

क्षितिज र सोभाको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८-२१, २४-२२, २४-२२ ले पराजित गर्यो । 

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताका अन्य खेलमा नेपाली खेलडीहरुले निरासाजनक प्रदर्शन गरे । मिक्स युगल तर्फकै अन्य खेलमा देव राना र शेष्ना सिर्पालीको जोडी थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग-अन र कोडचापोर्न चाईछानाको जोडीसँग २१-९, २१-१४, भोजबहादुर गुरुङ र  अन्जना राईको जोडी अमेरिकाका प्याट्रिक ची र नाताली चीको जोडीसँग २१-११, २१-८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडीसँग २१-१०, २१-१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाइल्यान्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडीसँग २१-८, २१-६ ले पराजित भए ।

योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजनामा भएको च्यालेन्जको पुरुष युगलतर्फ नेपालका प्रिन्स दाहाल र श्रीलंकाका दुमिन्दु अवेविक्रमेको जोडी १७-२१, २३-२१ १५-२१ ले पराजित भयो ।

यस्तै पुरुष युगलतर्फको अन्य खेलमा क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकोर र ध्रुव थाकोरको जोडी संग २१-७, २१-१०, भोजबहादुर गुरुङ र प्रफुल महर्जनको जोडी भारतकै विप्लभ कुभाले र विराज कुभालेको जोडीसँग २१-१३, २१-१६ तथा सुनिल जोशी र अमन महर्जनको जोडी थाइल्यान्डका नारुत सेङ्गखाम र अपिचासित थिराविवतसँग २१-८, २१-१० ले पराजित भए ।

महिला युगलतर्फ नेपालको रसिला महर्जन र अमिता गिरीको जोडी श्रीलंकाका हसिनी अबलङ्गगोदागे र हसरा विजयरत्नेको जोडीसन्ग २१-११, २१-१७ तथा शोभा गौचन र शेष्ना सिरपालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडीसँग २१-१८, २१-१४ ले  निरास बने ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं