काठमाडौं । सुजन थपलियाको कप्तानीमा शनिबारबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको टोली घोषणा भएको छ ।
बुधबार कोशी प्रदेश क्रिकेट संघले सुजनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । उद्घाटनकै मधेश प्रदेशसँग खेल्दै कोशीको प्रतियोगिता सुरु हुनेछ ।
प्रतियोगितामा ३ विभागीय ( नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको टियु क्रिकेट रंगशाला र मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
कोशीको टोली
सुजन थपलिया, शाकिब हक, अंकित सुवेदी, फ्रिदोश अन्सारी, दीपेश कंडेल, सोनु अन्सारी, विवेक कुमार महोतो, शिवाशं बजगाइँ, समिर कार्की, ज्ञानेन्द्र श्रेष्ठ, प्रेम कामत, आशिष राना मगर, रोहन साह, प्रभात किरण राई, सुमन श्रेष्ठ
