काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटलब क्लबले सहिद स्मारक एन्फा महिला लिगमा झापा एफसीविरुद्ध ५–० को प्रभावशाली जित हासिल गरेको छ ।

बुधबार ललितपुरस्थित च्यासल रंगशालामा अञ्जना थुलुङ राईले दुई तथा दीपा शाही, हिमा चौधरी र तुलसा बोहराले समान एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
दिनको पहिलो खेलमा संकटा एफसीले न्युरोड टिम (एनआरटी)माथि ४-० को सहज जित हासिल गर्यो ।

प्रतियोगिताको दोस्रो दिन बिहीबार दुई खेल हुनेछन् । बिहान ११ बजे हुने पहिलो खेलमा बागमती युवा क्लबले आरएस पोखराको सामना गर्नेछ । त्यसपछि दिउँसो ३ बजे विभागीय टोली नेपाल पुलिस कलब र चर्च ब्वाइज युनाइटेड आमने–सामने हुनेछन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
