चैत्र ४, २०८२ बुधबार | २२:१०:३७
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

काठमाडौं । करण केसीको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको फाइनलमा बलियो स्थितीमा रहेको छ ।

करणले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो इनिङमा ब्याटिङ तथा दोस्रो इनिङमा बलिङबाट महत्वपुर्ण योगदान गर्दै पुलिसलाई दोस्रो दिनको समाप्तीमा बलियो स्थितीमा पुर्याएका हुन् ।

पहिलो इनिङमा आर्मीलाई २२१ रनमा समेट्दै आफ्नो पारीको सुरुवात गरेको पुलिसले ७ विकेट गुमाउँदा मात्र १२२ रन जोडेको अवस्थामा क्रिजमा आएका करणले १०९ बलमा ७२ रन बनाए । ललित राजवंशी र सागर ढकालसँग राम्रो साझेदारी गर्दै टोलीको अन्तिम योगफल २२१ रन बनाए ।

पहिलो इनिङ बराबरीमा समाप्ती पछि दोस्रो पारीको सुरुवात गरेको आर्मीका विरुद्ध करणले ३ महत्वपुर्ण सफलता दिलाए । आर्मीका कुशल मल्ल सर्वाधिक ३६ शाहब आलम ३३ तथा भीम सार्की ३२ रनमा आउट भए । पुलिसका लागि करणका अलावा ललित राजवंशी र सागर ढकालले पनि समान ३ विकेट लिए ।

आर्मीका तेस्रो तथा अन्तिम दिनको सुरुवात अन्तिम विकेटका रुपमा रहेका आकाश चन्द र सोमपाल कामीले सुरुवात गर्नेछन् । दोस्रो दिनको समाप्तीसम्म आर्मीले १७८ रनको अग्रता बनाएको छ ।

पहिलो दिन टस जितेर पुलिसले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले २२१ रन जोड्दा सबै विकेट गुमाएको थियो । ट्रफीको लिग चरणको खेलहरु दुई दिवसिय स्वरुपमा भएकामा फाइनल भने तीन दिवसीय भइरहेको छ । गत महिनाको १७ देखि १९ गतेसम्म तोकिएको फाइनल खेल प्रतिनिधी सभा निर्वाचनका कारण सारिएको थियो ।

गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष ४ मा रहेका पुलिस, आर्मी, नेपाल एपिएफ क्लब र बागमती प्रदेश प्रतियोगितामा सहभागी रहेका थिए । आर्मी र पुलिस शीर्ष २ मा रहेर फाइनल खेलीरहेका हुन् । गत संस्करणमा पनि फाइनलमा यही २ टोलीबीच नै खेल भएको थियो । आर्मीलाई हराउँदै पुलिसले उपाधी जितेको थियो ।  


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं