पुस १२, २०८१ शुक्रबार | ०९:४८:३८
‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ अस्ट्रेलिया ४७४ रनमा अल आउट सन्दीपसँगै रिजन, प्रतिश र नन्दनले बागमती प्रदेशबाट खेल्ने क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाइ स्पष्ट ७ अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन ‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ अस्ट्रेलिया ४७४ रनमा अल आउट सन्दीपसँगै रिजन, प्रतिश र नन्दनले बागमती प्रदेशबाट खेल्ने क्यानले मोन्टीको सम्झौता नवीकरण नगर्ने लिभरपुललाइ स्पष्ट ७ अंकको अग्रता स्मिथको सतकसँगै अस्ट्रेलिया बलियो स्थितिमा एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन

अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज नेपाल च्यालेन्ज सोमबारदेखि बिहीबारसम्म हुने भएको छ ।

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्विकृती प्राप्त प्रतियोगितामा २२ देशका १७४खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अरब ईमिरेट(युएई), जाम्बिया, युगन्डा, इङ्ल्यान्ड, न्युजील्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन, जापान रहेका छन् ।

 प्रतियोगितामा पुरुष/महिला एकल तथा युगल तथा मिक्स युगल गरि पाँच विधामा प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

१५ हजार अमेरिकी डलरको पुरस्कार रासी रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेताले क्रमशः १ हजार २०० र ७२० डलर प्राप्त गर्नेछन् ।

यसैगरी सेमिफाइन र क्वार्टफाइनबाट बाहिरिनेलाई क्रमशः ६०० र ४८० डलर प्रदान गरिनेछ ।

यस्तै च्यालेन्जको लगतै पुस १२ देखि १४ सम्म सम्म योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सिरिज आयोजना हुनेछ । जसमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, युनाइटेड अरब ईमिरेट्स युएई) का १०७ खेलाडीको सहभागिता रहने छ ।

सिरिजमा ब्बाइज गर्ल्स एकल तथा युगल र मिक्स युगल गरि पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

नेपालबाट सिनियरतर्फ ९ पुरुष र सात महिला तथा जुनियरतर्फ समान आठ ब्वाइज र गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइजले १५ हजार अमेरिकी डलरका साथै नेपाली खेलाडीलाई खेल पोशाक र चार सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने छ ।

यसैगरी बाँकी रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती प्रदेश खेलकुद विकास परिषद्का साथै अन्य सहयोगीबाट प्राप्त हुने अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

दुवै प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछन् ।  


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh