पुस ३, २०८२ शुक्रबार | ११:२२:३२
राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी

प्रिन्स र रसिला च्याम्पियन

प्रिन्स दाहाल, फाइल तस्विर ।

सातदोबाटो । ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जन च्याम्पियन बनेका छन् । 

प्रिन्सले पुरुष तथा रसिलाले महिला एकलतर्फ उपाधिमा ह्याट्रिक गरे ।

शनिबार भएको पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले नेपाली सेनाका प्रफुल महर्जनमाथी २१-८, २१-९ को जित निकाले । एपिएफका देवराज राना र क्षितिज खनालले तेश्रो स्थान हासिल गरे ।

महिला एकलतर्फ रसिलाले आफ्नै क्लबकी अमिता गिरीलाई २१-७, २१-११ ले निरास बनाइन् । सेनाकै रिहाना शेरचन र शेष्ना श्रीपाली संयुक्त तेश्रो भए ।

पुरुष (शीर्ष २० बरियता बाहेक) युगलतर्फको फाइनलमा नेपाली सेनाका विधान अधिकारी र पविन लिङ्गथेपको जोडीले र बालकुमारी रिमिक्स क्लबका सशिन डंगोल र सुमन शाक्यको जोडीलाई पराजित गर्यो ।

रसिला महर्जन, फाइल तस्विर ।

विधान र पविनको जोडीले २१-१४, २१-१४ को जित निकाल्दै उपाधिमा ह्याट्रिक गर्यो । नेपाली सेनाका लक्ष्मण राना मगर र सुप्रिम पन्तको जोडी तथा बालकुमारी रिमिक्सका दिप्रिश मुनी बज्राचार्य र रमन महर्जनको जोडी तेश्रो भए ।

यु-१७ को ब्वाइज एकलतर्फ एपिएफका कविर केसीले उपाधि उचाले । सेनाका सुविन श्रेष्ठलाई २१-९, २१-१३ ले पराजित गरे । कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डंगोल र कैलालीका शिषिर राना संयुक्तरुपमा तेश्रो भए ।

यहि विधाको गर्ल्सतर्फ नेपाली सेनाकी रिहाना शेरचनले उपाधी कब्जा गरिन् । शेरचनले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१-१७, २१-१२ ले हराइन् । तेश्रो स्थानमा एपिएफका प्रियंशा श्रेष्ठ र टिशा रानी शाक्य रहे

मास्टर्स ४५ बर्ष माथिको युगल तर्फ सहआयोजक बालकुमारी रिमिक्स क्लबका शान्ता डंगोल र कृष्ण श्रेष्ठको जोडीले स्पोर्टस हबका सानबहादुर साँवा र लाक्पा शेर्पाको जोडीलाई १०-२१, २३-२१, २१-१६ ले पराजित गर्दै उपाधि जिते ।

कास्कीका प्रेमकुमार गुरुङ र राजेन्द्र वाग्ले तथा हिमाल गुरुङ र शम्भु श्रेष्ठको जोडी संयुक्तरुपमा तेस्रो भए ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगतर्फका विजयीले ४० हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी उपविजेताले २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले १० हजारका रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । मास्टर युगल (४५ वर्ष माथि) का शीर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी पाए ।

यसैगरी यु-१७को ब्वाइज तथा गर्ल्स एकलमा प्रथम द्वितीय र तृतीयले २० हजार, १० हजार र ५००० रुपैयाँका साथ मेडल, ट्रफी र प्रमाणपत्र हासिल गरे ।

विजेतालाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, उपमहासचिव नविनविक्रम शाह, प्रायोजक योनेक्सका नेपाली आधिकारीक त्रिक्रेता इनास इन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोलालगायतले पुरस्कार वितरण गरेका थिए ।

 प्रतियोगितामा तीन विभागिय टोली, क्लब र जिल्लाका गरि २२८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team