चैत्र ५, २०८२ बिहीबार | ०३:४२:२०
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

प्रफुल, देवराज, प्रिन्स र क्षितिज सेमिफाइनलमा

काठमाडौं । ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ नेपाली सेनाका प्रफुल महर्जन तथा एपिएफका देवराज राना, प्रिन्स दाहाल र क्षितिज खनाल सेमिफाइनलमा  प्रवेश गरेका छन् ।

प्रफुलले युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीलाई २१-७, २१-७ ले पराजित गरे । सेमिफाइनलमा प्रफुलले एपिएफका देवराज रानासँग प्रतिस्पर्धा गर्नेछन् । रानाले सेनाका सुप्रिम पन्तलाई २१-१८, २१-११ ले पराजित गरे ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा एपिएफका प्रिन्स दाहालले सेनाका डेभिड थापा मगरलाई २१-१४, २१-९ ले पराजित गरे 

प्रिन्सले सेमिफाइनलमा एपिएफकै क्षितिज खनालको सामना गर्नेछन् । क्षितिजले सेनाकै सुविन श्रेष्ठलाई २१-१०, २१-४ ले निरास बनाए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाका रसिला महर्जन, रिहाना शेरचन, शेष्ना श्रीपाली र अमिता गिरीले सेमिफाइनलको यात्रा तय गरे ।

रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१-६, २१-९ ले पराजित गरिन् ।

रसिलाले फाइनल प्रवेशका लागि रिहाना शेरचनसंग प्रतिस्पर्धा गर्नेछिन् । रिहानाले पुलिसकी सुष्मा श्रेष्ठलाई २२-२०, १२-२१, २७-२५ ले  हराइन् ।

शेष्ना श्रीपालीले बालकुमारीकी श्रेया बज्राचार्यलाई २१-९, २१-१३ ले पराजित  गरिन् । उनले एमिफाइनलमा अमिता गिरीको सामना गर्नेछिन् । अमिताले आफ्नै क्लबकी विष्ण बिष्टलाई २१-१२, २१-७ ले निरास बनाइन् ।

यु-१७ पुरुष एकलतर्फ पुलिसका कविर के।सी।ले सेनाका सुदेश राजकोटीलाई २१-१०, २१-१५ र कठायत ब्याडमिन्टन एकेडेमीका अमन डंगोलले सेनाका सौर्य महर्जनललाई २१-१६, २१-१६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

यसैगरी यही स्पर्धामा सेनाका सुविन श्रेष्ठ सितापाखा ब्याडमिन्टन क्लबका इमा तामाङलाई २१-१३, २१-१६ ले र कैलालीका शिशीर राना सेनाका दीप थिंग २१-१४, १५-२१, २१-१२ ले पराजित गर्दै अन्तिम-४ मा प्रवेश गरे ।

मास्टर्स ४५ प्लस युगलतर्फ कास्कीका प्रेमकुमार गुरुङ र राजेन्द्र वाग्ले, बालकुमारीका शान्ता डंगोल र कृष्ण श्रेष्ठ,  कास्कीका हिमाल गुरुङ र शम्भु श्रेष्ठ तथा स्पोर्टस हवका सनबहादुर साँवा र लाक्पा शेर्पाको जोडी सेमिफाइनलमा पुगे । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं