प्रिन्सले ओलम्पिकको तयारी श्रीलंकामा गर्ने

काठमाडौं । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाका जाने भएका छन् ।

प्रिन्सले कोलोम्बोस्थित राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षण गर्नेछन् । 

उनको प्रशिक्षण जुन २देखि सुरु हुनेछ । प्रिन्सलाई इन्डोनेसियाको राष्ट्रिय टिम समेत सम्हालिसकेका टोनी वाहयुदीले प्रशिक्षण दिने छन् ।

  प्रिन्सि पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन् । प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जन पनि श्रीलंका जाने छन् ।

     उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरे ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar