काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने भएका छन् ।
यससँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन्। विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।
प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ती र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।
नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन महासंघबाट प्रिन्सले ओलम्पिय खेल्न पाउने जानकारी प्राप्त भएको बताएको छ ।
अब ब्याडमिन्टन संघ, नेपाल ओलम्पिक कमिटि र वल्ड महासंघबीच कागजी प्रकृया पुरा भएपछि औपचारिक घोषणा गरिने बताइएको छ ।
भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
