काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन लि-निङ १३औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् ।
पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रफुललाई हराएका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुलसँग पराजित भएका थिए । त्यसयता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस हबद्वारा आयोजना गरिएको प्रथम प्रकास दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधी जितेका थिए ।
शुक्रबार भएको शीर्ष आठ पुरुष एकलतर्फ प्रिन्सले एपिएफकै देवराज रानालाई २१-७, २-१२ ले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरे । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१-१४, २१-१३ ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।
नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई २१-१६, २१-१६ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।
रसिलाले उपाधीका लागि भोजपुरकी नङ्गशल तामाङको सामना गर्ने छिन् । नङ्गशलले पछिल्ला दुई संस्करणकी विजेता आर्मीकी अनुमाया राईलाई २१-१४, २४-२२ ले निरास बनाउँदै फाइनल यात्रा तय गरिन् ।
यसैगरी मास्टर्स ४५ वर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका सुक्र पाख्रिन र भिम बहादुर थापा तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधीका लागि भिड्ने भएका छन् ।
सुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ र प्रकास राईको जोडीलाई १०-२१, २१-१६, २१-१८ ले तथा संजय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडीलाई २२-२०, २१-८ ले पराजित गरे ।
मास्टर्स ५५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्णबहादुर शाहीको जोडीले फिटनेश पार्कका पुर्ण जोशी र उमेश केसीको जोडीलाई २१-१९, २६-२४ ले पराजित गर्दै उपाधीका लागि गुल्मीका राम गुरुङ र खगेन्द्र रेग्मीको जोडीसँगको भेट पक्का गरेका छन् ।
राम र खगेन्द्रको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडीलाई २०-२२, २१-१८, २१-७ ले निरास बनाउँदै फाइनलमा स्थान सुरिक्ष गरे ।