कार्तिक १७, २०८२ सोमबार | १९:३६:५९
चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने

राष्ट्रिय ब्याडमिन्टनः शीर्ष आठतर्फ सेमिफाइनल समिकरण पूरा

प्रिन्स दाहाल

काठमाडौं ।  लि-निङ १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ  वरियतातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

पुरुष एकलतर्फ समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल र नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जन र एपिएफका देवराज रानाले सेमिफाइलनमा स्थान बनाए ।

यसैगरी महिलातर्फ समूह ‘ए’ बाट ललितपुरकी रशिला महर्जन र आर्मीकी अनुमाया राई तथा समूह ‘बी’ बाट भोजपुरकी नङ्गशल तामाङ र नेपाल पुलिसकी निता लम्साल सेमिफाइनल प्रवेश गरे ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगितामा बुधबार प्रिन्स पुलिसका जीवन आचार्यलाई २१-१८, २१-१३ ले पराजित गर्दै सेमिमा समूह विजेता बने । प्रिन्सले लिगका तीनै खेलमा जित हात पारे ।

देवराज राना

यस्तै अर्को खेलमा नेपाल पुलिसका सुनिल एपिएफका विजित थापा मगरलाई २१-१०, १७-२१, २१-१८ ले पराजित गर्दै लिगमा दुई जितका साथ समूह उपविजेता बने ।

प्रफुल नेपाल पुलिसका विष्णु कटुवाललाई २१-१५, २१-१७ ले पराजित गरे । उनले लिगमा आफ्ना तीनै खेलमा जित  निकाल्दै समूह विजेता बने ।

देवराजले नेपाल पुलिसका दीपक बोहरालाई २१-१२, २१-१५ ले पराजित गरे । समूह उपविजेता  देवराजले लिगका दुई खेलमा जित हात पारे ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७-२१, २१-१६, २१-१२ ले पराजित गर्दै समूह विजेताको बनिन् ।

आजको लिग प्रतियोगितामा पराजित भए पनि अनु समूह उपविजेता बन्दै अगाडि  बढिन् । समूह ‘ए’ कै अर्को खेलमा मोरङकी सीमा राजवंशीले सर्लाहीकी निकिता लामालाई २१-८, २१-९ ले पराजित गरिन् ।

निता लम्साल

नङ्गशलले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१-१०, २१-१३ ले पराजित गर्दै समूह विजेता बिनिन् । उनले आफ्नो समूहको तीनै खेलमा जित हात पारेकी पारिन् ।

अर्को खेलमा निताले एपिएफकी शोभा गौचनमाथि २१-११, २१-११ ले पराजित गरिन् । निता लिगमा दुई जितका साथ उपविजेता बनिन् । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA