काठमाडौं । नेपाल उमा कुङफु संघको अध्यक्षकम संजितकुमार राई चुनिएका छन् । संघको पाँचौं साधारण सभाले बुधबार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
पूर्व खेलाडी राई अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।
केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ छन् ।
यसैगरी कमल मगरले महासचिव, कृष्णकुमार मगरले सचिव र सूर्य तामाङले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपती चयन भए ।
साधारण सभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स संघका अध्यक्ष सुदिप पण्डित क्षेत्रीलगायतको उपस्थिति थियो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
