माघ १०, २०८२ शनिबार | १५:४३:२७
विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी

नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

काठमाडौं । आइसिसी ट्वान्टी-२० ग्लोबल छनोटमा जिम्बाब्वेले नेपालसामू १३० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हारेर ब्याटिङको निम्तो पाएको जिम्बाव्वेले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गर्यो ।

चौथो नम्बरका ब्याटर केली एन्डलोभुको अविजित ५२ रनको पारीप्रेरित जिम्बाव्वे कम्तिमा पनि सामान्य योगफल तयार पार्न सफल भएको हो । यसबाहेक ओपनर विलोभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिक्वाले १४ रनको योगदान गरे ।

नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । त्यस्तै कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।

जिम्बाव्वे प्रतियोगिताबाट बाहिरिसकेको छ । पछिल्ला तीन खेलमा हार बेहोरेको जिम्बाब्वे अंकविहीन छ । शनिबार दिनको पहिलो खेलमा स्कटल्यान्डले थाइल्यान्डमाथि पाँच विकेटको विजयी हासिल गरेसँगै जिम्बाव्वेको दोस्रो चरण पुग्ने चुनौती सकिएको हो ।

जिम्बाब्वेसँग पराजित भए नेपाल पनि पहिलो चरणबाटै बाहिरिनेछ । समूह ‘बी’बाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाइसकेको छ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate