काठमाडौं । नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा पाँचौं स्थान हासिल गरेको छ ।
मंगलबार ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर रंगशाला मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गर्यो । नेपालले सुरुआती दुई सेट २९-२७, २५-२० ले आफ्नो पक्षमा पारेको थियो ।
निकै प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले ३५-३७ ले गुमायो । सुरुवात देखि नै हावी बनेको चौथो सेटमा नेपाल २५-१९ ले विजयी भयाे ।
प्रतियोगितामा नेपालले माल्दिभ्सलाई दोस्रो पटक हराएको हो । लिग चरणमा पनि नेपालले माल्दिभ्सलाई ३० को सोझो सेटमा पराजित गरेको थियो ।
लिग चरणमा नेपालले तुर्किमिनिस्तान, अफगानिस्तान र श्रीलंकासँग समान ३-० तथा बंगलादेशसँग ३-२ सेटको हार बेहोरेको थियो ।
मंगलबारै तुर्किमिनिस्तान र अफगानिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । यस्तै आयोजक बंगलादेश र श्रीलंकाबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।
