माघ ८, २०८२ बिहीबार | १९:०१:००
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित

पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा

बिर्तामोड, झापा । विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार स्थानीय टोली कोशी प्रदेश भलिबल संघमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अर्जुनधारा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिहीबार समूह ‘बी’ को पहिलो खेलमा न्यु डायमण्ड एकेडेमीमाथि जित हासिल गरेको पुलिस लगातार दोस्रो जित हासिल गरेपछि समूह विजेताको हैसियतमा अन्तिम चार प्रवेश गरेको हो ।

शनिबार हुने अन्तिम चारको खेलमा पुलिसले समूह ‘ए’ को उपविजेता अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्माी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबारै हुने अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता न्यु डायमण्डसँग खेल्नेछ ।

अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविको कोर्टमा जारी प्रतियोगिताअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा पुलिसले २५–१६, २५–१७, २५–११ को विजयी नतिजा निकालेको थियो । खेलमा पुलिसका लागि उच्च प्रदर्शन गरेकी आशिका क्षेत्री प्लेयर अफ दी म्याच चुनिइन । उनले पुरस्कारस्वरुप नगद ५ हजार रुपैयाँ प्राप्त गरिन ।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट लिबेरोले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate