काठमाडौं । ललिपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा (इडब्ल्युभिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ ।
सोमबार पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा ललितपुरले लुम्बिनी लाभाजविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
जितसँगै ललितपुरले तीन खेलमा ९ अंक जोडेको छ । दोस्रो पराजय बेहोरेको लुम्बिनीले समान खेलबाट दुई अंक जोडेको छ ।
यसअघि ललितपुरले काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडलाई हराएको थियो । यसैगरी कर्णाली याश्विससँग हार बेहोरेको लुम्बिनीले पोखरा निन्जाजलाई पराजित गरेको थियो ।
ललितपुरले खेल २५-१३, २५-२०, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
सोमबारै सम्पन्न पहिलो खेलमा कर्णाली याश्विसले काठमाडौं स्पाइकर्सविरुद्ध ३-० को सोझो सेटमै जित दर्ता गरेको थियो ।
कर्णाली प्रतिस्पर्धात्मक खेल २५-२२, २९-२७, २८-२६ ले विजयी भएकाे थियाे ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
