काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन सेटर निकोलाएभा नेकोभालाई अनुबन्ध गरेको छ ।
काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रूपमा नेकोभालाई सार्वजनिक गरेको हो ।
नेकोभासँग बुल्गेरिया, फ्रान्स, अजरबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले टिम अझ सन्तुलित र मजबुत हुने काठमाडौंको विश्वास छ ।
इडब्लुभिएलका लागि फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । काठमाडौंले अन्य दुई विदेशी खेलाडी पनि छिटै घोषणा जनायो।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।
यस्तै टोलीले लोकबहादुर बुढालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । । इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ ।