श्रावण ३१, २०८२ शनिबार | ०३:४४:४३
ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

फाइल तस्विर ।

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपालले २६ देखि ३० अगस्टसम्म हुने अभ्यास शृंखलामा क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने जानकारी दियो ।

नेपालले अगस्ट २६मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियायासँग समान दुई ट्वान्टी- २० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दास्रो खेल ९ः४५ मा सुरु हुनेछ ।

यसैगरी नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्नेछ । यो खेल बिहान ५ः४५ मा सुरु हुने ।

यो अभ्यास शृंखलाअघि नेपालले टप एन्ड ट्वान्टी-२० शृंखलामा पनि सहभागिता जनाउनेछ । टोलीले ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट १४ देखि २४ सम्म डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो ।

नेपालले पहिलो खेलमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ । आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ ।

यसैगरी नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।  

प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video