चैत्र ८, २०८२ आइतबार | ००:३३:४६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सुनिरा र रितिक च्याम्पियन

सातदोबाटो । सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताकोर च्याम्पियन बनेका छन् ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा सुनिराले महिला र रितिकले पुरुष सिंगल्सको उपाधि जिते । विजेता दुवैले १ लाख रुपैयाँ प्राप्त गरे ।

नेपाल टेनिस संघको कोर्टमा भएको सुनिराले अभिलाशा बिष्टमाथि ६-४, ७-५ को जित रचिन् । रितिकले राजवीर प्रधानलाई ६-१, ६-३ ले हराए ।

उपविजेता दुवैले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले तथा महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका बिष्ट तेस्रो भए ।

दुवैतर्फ तेस्रो स्थान हासिल गर्नेलाई १२ हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामामाथि ६-१, ६-२ को जित निकाले। च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार ७५० रुपैयाँ प्राप्त गरे ।

सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे । उनीहरुले ३ हजार १२५ रुपैयाँ प्राप्त गरे ।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्का च्याम्पियन बने । पुरूष ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री तथा डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले  पहिलो स्थान हासिल गरे ।

३५ वर्षमाथि सिगंल्सका शीर्ष तीनले ५० हजार, २५ हजार र १२ हजार ५०० रुपैयाँ पाए ।

३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

४५ वर्षमाथि सिंगल्सका शीर्ष तीनलाई ३७ हजार ५००, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार २५० रुपैयाँ प्रदान गरियो ।

यसैगरी उमेरसमूहमा डबल्सका शीर्ष तीनले २५ हजार, १२ हजार पाँच सय र तेस्रो हुनेले १२ हजार ५०० पाउनेछन् । जुनियरतर्फ ब्वाइज र गर्ल्स यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ सिंगल्स र खुला डबल्समा प्रतिस्पर्धा भयो ।

प्रतियोगिताको विजेतालाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले लगायतले पुरस्कृत गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सिनियर, भेट्रान र जुनियर गरि २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो