चैत्र ८, २०८२ आइतबार | ०८:३८:३६
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

भ्याली स्लाम टेनिसः प्रणव र राजवीरको जोडी फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । प्रणव मानन्धर र राजवीर प्रधानको जोडी बिवाइडी भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष डबल्समा बुधबार फाइनल प्रवेश गरेको छ ।


सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले  प्रदीप खड्का र युगेन शेर्पाको जोडीलाई ७-५, ४-६, ११-९ को सेटमा निरास बनायो ।

प्रणव र राजवीरको जोडीले उपाधिका लागि प्रणव खनाल र सक्षमविक्रम शाहीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रणव र सक्षमको जोडी निहालजंगबहादुर थापा र आयुशमान घलेको जोडीलाई ६-४, ४-६, १३-११ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सुन्निभ राजभण्डारी र अमर गुरुङको जोडीलाई ६-०,६-१ तथा सन्तोष खत्री र सुवास बस्न्यातको जोडीले सिमान्त गुरुङ र भीष्मजंग गुरुङको जोडीलाई ६-१, २-६, १०-५ ले हराए।

४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, छेवाङ लामा, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, डियोनम लामा, कमल थापा र उत्तम बोगटी अन्तिम चारमा पुगे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा, डियोनम लामा, कर्मा घले र ध्रुव गुरुङले सेमिफाइनलको यात्रा तय गरे ।

४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, कृष्णराज घले र महेश श्रेष्ठ, कमलबहादुर भण्डारी र रविन गुरुङ तथा रोहित सुनुवार र हिमाल शाहको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र राजेन्द्र भण्डारी, मनोज राणा र डेगेन्द्र श्रेष्ठ तथा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी अन्तिम  चारमा पुगे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो