माघ २८, २०८२ बुधबार | १७:१५:०२
चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा एलेन र साईफर्टको कीर्तिमानी साझेदारीमा न्युजिल्याण्डको सहज जित नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा एलेन र साईफर्टको कीर्तिमानी साझेदारीमा न्युजिल्याण्डको सहज जित नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल

संगीना वैद्य

काठमाडौं, (खेलाडी)– नेपाली खेलकुदमा सबभन्दा सफल महिला खेलाडीको नाम हो, संगीना वैद्य । आइसिसीले दिने वाइल्डकार्डको भरमा विश्व खेलकुदको सबभन्दा ठूलो खेलमेला ओलम्पिकमा सहभागिता जनाउँदै आएको नेपालको इतिहास सन् २००४ को एथेन्स ओलम्पिकमा यीनै बहादुर महिलाले परिवर्तन गरेकी थिइन ।


एथेन्स ओलम्पिकअघि नेपालले कहिल्यै पनि छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा सहभागिता जनाउन सकेको थिएन । आइओसीले दिने वाइल्डकार्ड ओलम्पिकमा नेपालको झण्डा फहराउने एकमात्र आधार थियो । 


त्यसोत अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको कुनै गौरव गर्न लायक नतिजा थिएन, छैन पनि । तर संगीनाले नेपाली खेलकुदलाई एउटा गर्व गर्न लायक नतिजा दिइन । एथेन्स ओलम्पिकका लागि तेक्वान्दोको छनोटमा एसिया र ओसियाना क्षेत्रको प्रतियोगिता संयुक्त रुपमा भएको थियो । थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगिताको महिला फ्लाई–वेइटमा धेरैको अनुमान विपरित संगीनाले विजय हासिल गरिन र ओलम्पिकमा छनोट भएरै सहभागिता जनाउने पहिलो नेपाली खेलाडीको रुपमा कहिल्यै कसैले पनि तोड्न नसक्ने कीर्तिमानमा नाम लेखाइन ।


संगीनाले त्यसअघि नै एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितेर आफूमा क्षमता भएको प्रमाण दिइसकेकी थिइन । तर त्यसअघिसम्म नेपाली खेलकुदमा ‘पोस्टर गर्ल’ का रुपमा बनेको उनको छवि ओलम्पिकमा छनोट भएपछि भने नेपाली खेलकुदकै शिखर महिलाका रुपमा स्थापित भयो । सन् २००४ को फेब्रुअरीमा ओलम्पिकको टिकट काटेकी संगीनाले त्यसको ६ महिनापछि एथेन्समा पदक जित्ने लक्ष्य भने पूरा गर्न सकिनन् । 


नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुली कोलोनीमा जन्मिएकी संगीनाले स्कुल पढ्दा रहरले खेलेको वीरेन्द्र शिल्डबाट करियर सुरु गरेकी थिइन । वीरेन्द शिल्डमा जितेका पदकहरुबाट हौसिएकी उनी २०४८ सालमा एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आइन । तर किशोरावस्थामा आर्नोल्ड, भ्यान ड्याम र स्टालोनका एक्सन फिल्म हेर्ने संगीनालाई काठमाडौं आएपछि उच्च शिक्षाले भन्दा बढि मार्शल आर्टसले बढि लोभ्यायो । पब्लिक युथ क्याम्पस भर्ना भए पनि हरेक विहान उनको गन्तब्य भने दशरथ रंगशाला हुन थाल्यो । त्यसपछि त उनले कलेज नै छाडेर तेक्वान्दो रोजिन । 


खेल्न थालेको केही महिनामै सफताका सिँढीहरु चढ्न सुरु गरेकी उनले त्यसपछि कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । तालिम गर्न थालेको चार महिनामै राष्ट्रिय प्रतियोगितामा बाग्मती अञ्चलको प्रतिनिधित्व गर्ने मौका पाइन । त्यसपछि राष्ट्रिय टिमको तालिममा सहभागि हुन पाइन । २०४९ सालको सुरुआतमै दक्षिण एसियाली स्तरको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएकी उनले २०५० सालमा देशको प्रतिनिधित्व गर्दै फिलिपिन्सको मनिलामा भएको १०औं एसियाली तेक्वान्दो च्याम्पियनसिपका रजत पदक जितिसकेकी थिइन । लगत्तैको वर्ष फेरी मनिलामै भएको प्रतियोगिताको ११औं संस्करणमा पनि उनी रजत पदकको भागिदार बनेकी थिइन ।


त्यसको तीन वर्षपछि २०५३ सालमा अस्ट्रेलियामा भएको १३औं एसियाली तेक्वान्दो च्याम्पियनसिप संगीनाको खेल जीवनको अर्को मुख्य उत्कर्ष थियो । जहाँ उनले स्वर्ण पदक जितेकी थिइन । आधिकारिक एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदक जितेको त्यो पहिलो अवसर थियो ।


अस्ट्रेलियामा जितेको स्वर्ण पदक देशका लागि निक्कै महत्वपूर्ण थियो । त्यसैकारण राष्ट्रिय खेलकुद परिषदले त्यसको सम्मानस्वरुप संगीनालाई अधिकृतस्तरको प्रशिक्षकको जागिर दिएको थियो । जसमा उनी अहिलेसम्म पनि कार्यरत छिन् । डेढ वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागि नेपाली तेक्वान्दो टोलीमा संगीना प्रशिक्षकको भूमिकामा थिइन । १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २ सय ६ पदक जितेर दोस्रो स्थान हासिल गर्दा १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी २९ पदकमा तेक्वान्दोको योगदान थियो । जहाँ प्रशिक्षकको रुपमा संगीनाको प्रत्यक्ष भूमिका थियो । 


खेलाडीको रुपमा पनि संगीनाले सागमा तीन पदक जितेकी छिन् । २०५६ सालमा काठमाडौंमै भएको आठौं साफमा पहिलो पटक तेक्वान्दो समावेश गरिँदा स्वर्ण पदक जितेकी उनले त्यसको चार वर्षपछि पाकिस्तानको इस्लामाबादमा सम्पन्न नवौं संस्करणमा पनि स्वर्ण पदक जितिन । तर श्रीलंकाको कोलम्बोमा २०६२ सालमा सागको नाममा प्रतियोगिताको १०औं संस्करण हुँदा भने उनी कांस्य पदकमा सिमित भइन, र स्वर्णको ह्याट्रिक गर्ने अवसरबाट चुकिन ।


खेलाडीका रुपमा कुल ३१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै संगीनाले नेपालका लागि २० स्वर्ण, १ रजत र ४ कांस्य गरी २५ पदक जितेकी छिन् । तर एउटा भयानक दूर्घटनामा परेर घाइते भएका कारण २०५५ मंसिरमा थाइल्यान्डको बैंककमा भएको १३औं एसियाली खेलकुदमा सहभागिता जनाउन नपाउनु भने उनको खेल जीवनकै सबभन्दा ठूलो दूर्भाग्य हो । आफ्नो तौल समूहमा एसियाकै एक नम्बर खेलाडीको हैसियतमा हुँदा त्यो दूर्घटनाका कारण सहभागिताबाट बञ्चित हुनु नपरेको भए उनले त्योबेला स्वर्ण पदक जित्ने पक्का जस्तै थियो । अहिलेसम्म एसियाली खेलकुदबाट कुनै नेपाली खेलाडीले स्वर्ण पदक जित्न सकेका छैनन् । 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं