काठमाडौं। नेपाल तेक्वान्दो संघ (एनटिए) लिग (ग्यरोगी र पुम्से) को चौथो संस्करण आगामी बिहीबारदेखि आइतबारसम्म हुने भएको छ।
आयोजक नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना हुने जानकारी दियो ।
संघका उपाध्यक्ष एवं प्रतियोगिता आयोजना समिति संयोजक भानबहादुर चन्दले यस संस्करणमा ५४५ महिला र ९५० पुरुष गरी जम्मा १ हजार ४९५ खेलाडीले प्रतिस्पर्धा गर्ने बताए ।
चार दिने प्रतियोगितामा ग्यरोगी र पुम्सेमा गरी ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि ४० जना निर्णायक तथा प्राविधिक परिचालन गरिने संघले जनाएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
