काठमाडौं । ११औं एनएसए कप पौडी प्रतियोगिता यही जेठ २१ र २२ गते हुने भएको छ ।
नेपाल पाैडी संघको आयोजनामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिषरमा हुने प्रतियोगिताका हिट्स चरण विहान ८ बजे तथा फाइनल चरण साँझ ४ बजे देखि हुनेछन् ।
प्रतियोगितामा एक सय ७० पुरुष तथा महिला ९० गरी कुल दुई सय ६० जनाले खुल्लातर्फ २८ तथा उमेर समुहतर्फ २५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
यही प्रतियोगिताबाट चीनको होन्जाउ शहरमा असोज ६ देखि २१ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि पौडका समान दुई पुरुष र महिला तथा समान एक पुरुष र महिला वैकल्पिक खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
यो एसियाली खेलकुखदका लागि अन्तिम छनोट भएकाले गौरिका सिंह, एलेक्सजंग शाह, डुवाना लामा जस्ता ख्याती प्राप्त खेलाडी पनि सहभागी हुनेछन् । यदि सहभागी नभए एसियाली खेलकुदमा सहभागी हुन नपाउने आयोजकले बताएको छ।
यसैगरी यही प्रतियोगिताबाट पेरिस ओलम्पिककको छनोट प्रतियोगिताका रुपमा रहेको वल्ड एक्वाइटिक च्याम्पियनसिपका लागि समान दुई पुरुष र महिला तथा समान एक पुरुष र महिला वैकल्पिक खेलाडी छनोट हुनेछन् ।
संघले खुल्ला तर्फ उत्कृष्ठ एक महिला तथा पुरुष खेलाडीलाई जनही १० हजार तथा सबै उमेर समुहका खेलाडीलाई जनही तीन हजार रुपैयाँ प्रदान गर्नेछ ।
प्रतियोतिमा उपत्यकासहति विराटनगर, विरगंज, नेपालगंजका विभिन्न ३६ विद्यालयले सहभागिता जनाएका हुदाँ उमेर समुहमा प्राप्त नतिजको आधारमा उत्कृष्ठ ३ विध्यालयहरुलाई प्रथम, द्धितिय र तृतियको रुपमा टिम च्याम्पियन ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सम्पन्न गर्न करिव सात लाख ५० हजार अनुमानित बजेट विनियोजन गरी प्रतियोगिततलाई सव्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न सात उपसमितीहरु निमार्ण गरिएको छ ।