काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार एफसी खुमलटारविरुद्ध ६-० को सानदार जित दर्ता गरेको छ ।
जितसँगै पुलिसले चार खेलमा १० अंक जोडेको छ । चारै खेलमा पराजित खुमलटार अंकविहिन छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन समीर राई र किरणराज गिरीले समान दुई तथा रिजनराज गौतम र सुरज गुरुङले समान एक गोल गरे ।
खेलको नवौं मिनेटमा रिजनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ३६औं मिनेटमा समीरले टोलीको अग्रता दोब्बर बनाए ।
समीरले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३-० ले अगाडि बढ्यो । ८४औं मिनेटमा सुरजले टोलीका लागि चौथो गोल गरे ।
किरणले ९०औं मिनेट र इन्जुरी समयमा गोल गर्दै पुलिसलाई ६-० को सानदार जित दिलाए ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO