माघ १८, २०८२ आइतबार | १०:४९:२९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अथर्व र तेन्जिङको नाममा नयाँ राष्ट्रिय कीर्तिमान

ललितपुर । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा शनिबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा अथर्व सिंह र तेन्जिङरायन नाम्डोल गुरुङले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाए ।

अथर्वले ४०० मिटर फ्रिस्टाइलमा ४ मिनेट १६.०८ सेकेन्डको कीर्तिमान बनाए । उनले सन् २०१९ को दक्षिण एसियाली खेलकु (साग) मा नासिर हुसेनले  बनाएको ४ मिनेट ३३ः०५ को कीर्तिमान भंग गरे ।  

तेन्जिङले १०० मिटर फ्रिस्टायलमा शैलेन्द्रसम्सेर जंगबहादुर राणाको नाममा रहेको कीर्तिमान तोड्दै १ मिनेट ०३ः १९ सेकेन्डको नयाँ कीर्तिमान बनाए ।

शैलेन्द्रले सन्  २०१० मा सप्पन्न १०औं फिना वर्ल्ड कपमा १ मिनेट ०९ः२० सेकेन्डको कीर्तिमान कायम गरेका थिए ।

नेपाल पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अर्थभ सिंह तथा महिलातर्फ डुवाना लामा र अनुसिया तन्डुकारलाई  वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट गरेको छ ।

अक्वा टाइमको आधारमा खेलाडी छानिएको छनोट समितिका सदस्य बिजेनमान श्रेष्ठले जनाए । वर्ल्ड एक्वेटिक्स  च्याम्पियनसिप हंगेरीको बुडापेस्टमा डिसेम्बर १० देखि १५ सम्म हुनेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।