काठमाडौं। आयोजक कुसुन्ती ‘बी’ विरुद्ध २-० को जित निकाल्दै बिबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ।
मंगलबार जावलाखेल मैदानमा भएको बिबीसीलाई जित दिलाउन दीपक लामा र आकाश छन्त्यालले गोल गरे ।
उपाधिसँगै बिबीसीले २ लाख रुपैयाँ प्राप्त गर्दा उपाविजेता कुसुन्ती ‘बी’ ले १ लाख रुपैयाँ हात पार्यो ।
कुसुन्ती ‘बी’ का सपवनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, प्रदीप तण्डुकार उत्कृष्ट गोलकिपर र बिबीसीका दीपक लामा उत्कृष्ट रक्षक घोषित भए । तीनैले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, आयोजक ललितपुर महानगरपालिका वडा-१३ का अध्यक्ष गणेश केसी, कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले पुरस्कृत गरे ।
पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।