फाल्गुन १२, २०८२ मंगलबार | २०:५४:४७
बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा चर्च ब्वाइजले आर्मीलाई हरायो महिला विश्वकपको खेल तालिका सार्वजनिक नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेल्ने

विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि विभिन्न संघ–संस्थाहरुले निःशुल्क सहयोगको घोषणा गरेका छन् ।

गोलमसिन सावित्राको सहयोगमा सयौं सरोकारवालाले ऐक्यबद्धता जनाइरहँदा भक्तपुर एफसीले प्रेस विज्ञप्ति जारी गर्दै उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । क्लबले सिद्धि मेमोरियल भक्तपुर अस्पतालमार्फत आवश्यक उपचार, परामर्श तथा स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न तयार रहेको जनाएको छ ।

साथै, आगामी दिनमा अन्य खेलाडीलाई पनि आवश्यक परे निःशुल्क तथा सहुलियत उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता भक्तपुर एफसीले व्यक्त गरेको छ ।

भक्तपुर एफसीअघि नेशनल ट्रमा सेन्टर र काठमाडौं मेडिकल कलेज (केएमसी)ले पनि सावित्राको उपचार निःशुल्क गर्ने घोषणा गरेका थिए ।

गम्भीर घुँडाको चोटका कारण शल्यक्रियाको तयारीमा रहेका सावित्रालाई देशभित्र र बाहिरबाट बढ्दो साथ र समर्थन मिलिरहेको छ । यसबीच सावित्राको एसिएलको शल्यक्रियाका लागि आवश्यक खर्च जुटेको छ ।

मंगलबार ४ बजे सावित्राले सामाजिक सञ्जाल फेसबुकमार्फत उपचार तथा रिह्याबका दौरान लाग्ने आवास र यातायात खर्च जुटेको जानकारी दिएकी छन् ।

सावित्राले सोमबार दिउँसो भावुक स्ट्याटस लेख्दै आर्थिक सहयोगको अपिल गरेकी थिइन् ।

घुँडाको शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर (नेपाली १ करोड १५ लाख हाराहारी) चाहिने भएकाले गोलमसिन सावित्राले सोमबार सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगको अपिल गरेकी थिइन् । २४ घण्टापछि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्ल्याटफर्ममा ५२ हजार न्युजिल्यान्ड डलर (४५ लखा नेपाली रुपैयाँ) जम्मा भइसकेको सावित्राले जानकारी गराएकी छन् ।

राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा विगत सात हप्तादेखि चोटका कारण मैदानबाहिर छिन् । उनका अनुसार यसअघि शल्यक्रिया गरिएको घुँडाको एसिएलमा हालेको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ ।

एक महिनाअघि अस्ट्रेलियन ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्रालाई घुँडाको गम्भीर चोट लागेको थियो । ब्रिसबन रोअरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । रिपोर्टमा घुँडको एसिएल ग्राफ्ट च्यातिएको देखिएको थियो । योसँगै उनी कम्तिामा पनि ९ महिना मैदान बाहिर रहने बताइएको छ ।

साढे चार वर्षअघि पनि घरेलु लिगका दौरान सशस्त्र प्रहरी बलको एपिएफबाट नेपाल पुलिस क्लबविरुद्ध खेल्दा सावित्रालाई घुँडामा गम्भिर चोट लागेको थियो । त्यतिबेला एन्फाले कतार फुटबल संघसँगको सहकार्यमा उनलाई कतारस्थित एस्पेटार अस्पतालमा थप उपचार बन्दोबस्त गरिएको थियो ।

यसअघि उनको उपचारमा एन्फा नेतृत्वको पहलमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । तर, यसपटक एन्फबाट प्रशासनिक सहयोग उपलब्ध नभएको उनले सोमबारको स्ट्याटसमा उल्लेख गरेकी थिइन् ।

एन्फा अध्यक्षले प्रशासनिक प्रक्रिया अगाडि बढाउन नसकिने जानकारी दिँदै पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने बताएको तर उपचार प्रक्रिया आफैँ व्यवस्थापन गर्न भनेको कुरा उल्लेख गर्दै सावित्राले गुनासो पोखेकी थिइन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||