काठमाडौं । ग्रिनल्यान्ड र न्युटन १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार सेमिफाइनल प्रवेश गरेका छन् ।
धापासीस्थित घरेलु कोर्टमा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २४-१६ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा आहाना खड्काले सात अंक योगदान गरिन् । आइरिन राणाको ६ अंक सहयोगमा न्युटनले फेरिल्यान्डलाई १७-१६ को साँघुरोअन्तरले हरायो ।
सिनियर ब्वाइजमा किङडमले जिनियस वर्ल्ड ४६-३५ तथा न्युटनले भ्याली पब्लिकलाई ५८-४५ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । किङडमका मिङमा लामाले २० तथा न्युटनका उज्ज्वल श्रेष्ठले २१ स्कोर गरे ।
जुनियर ब्वाइजमा जेबी स्कुलले लालीगुराँस नेसनल एकेडेमीलाई १९-१३ ले निरास बनाउँदै अन्तिम चारको यात्रा तय गर्यो। जेबीका गौरव ओलीले ११ अंक जोडे ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
