कामठाडौं । ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र प्रिमियर आइबी कन्टिनम स्कुल उपाधि नजिक पुगेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सिसिआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९-७५ ले पराजित गर्यो । सिसिआरसीको जितमा तुसार महर्जनले ३० अंक योगदान गरे ।
आरुस श्रेष्ठको २४ अंक सहयोगमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८-७९ ले हरायो ।
फाइनल शुक्रबार हुनेछ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
