काठमाडौं । ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विधामा ५६ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजतर्फ २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ समान १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा कूल १०१ खेल हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह-प्राचार्य विनोद घिमिरेले जानकारी दिए ।
गत संस्करण सनियर ब्वाइज/गर्ल्समा उपाधि भ्याली पब्लिकलेतथा जुनियर ब्वाइजमा गोल्डेनपिक च्याम्पियन बनेका थिए । १० दिने प्रतियोगिता धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
