काठमाडाैं । रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा जारी आरआरए रनिङ सिल्ड टि-१० क्रिकेट प्रतियोगिताको पहिलो दिन सोमबार ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइले जित दर्ता गरेका छन् ।
पहिलो दिन समूह चरणका सात खेल हुनु पर्नेमा दुई खेल वर्षाका कारण सम्भव भएन ।
सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा ब्लुबर्डले संस्कृति, अपीले ग्यालेक्सी, डिएभीले ब्लुबर्ड, मनकामनाले ग्यालेक्सी र एलआरआइले ब्लुबर्डलाई पराजित गरे ।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले गरे । अध्यक्ष चन्दले निजी क्षेत्रबाट हुने यस्तो प्रतियोगिताले क्रिकेट प्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताउदै क्रिकेटलाई प्राथमिकता दिएकोमा रेडियन्ट परिवारप्रति आभार प्रकट गरे ।
रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले रेडियन्टले शिक्षाको विकाससँगै खेलकुदको प्रवद्र्धन गर्ने काममा पनि सक्रिए रहेको बताउदै विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सके मात्र माथिल्लो टिम बलियो हुने धारणा राखे ।
प्रतियोगितामा आयोजकको दुई सहित १५ छात्र टिम सहभागी छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् ।