माघ २३, २०८१ बुधबार | २०:४८:५७
अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने कालिसको सान्दार ब्याटिङमा नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको लगातार पाँचौं हार सिइसीको पहिलो जित

सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण

मुकेश विष्ट ।

पोखरा । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्टले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवमा बुधबार दोहोरो स्वर्ण पदक जितेका छन् । उनले पुरुष १०० मिटर दौड र लङजम्पमा स्वर्ण हात पारे । 

पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्डका साथ काठमाडौं विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्डको समय निकाल्दै त्रिवि प्रकाश जोशी तेश्रो भए ।

यता लङजम्पमा मुकेशले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोश्रो तथा त्रिभूवन विश्वविद्यालय (त्रिवि) कादिवस रेग्मी (५.५३ मिटर) तेश्रो स्थानमा रहे ।

त्रिविकी विना थारुले  महिला १०० मिनेट दौडमा स्वर्ण पदक जितिन् । विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिइन् । त्रिविकी आकृति चौधरी १४.९० सेकेन्डका साथ दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डको समयका साथ तेश्रो स्थानमा रहे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी विश्वविद्यालयको सह–आयोजना र विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४०० मिटर दौडमा  त्रिविका सुशिलकुमार बानियाँले स्वर्ण पदक जिते । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । त्रिविकै दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण पदक जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । त्रिविकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य  पदक हात पारे ।

एथलेटिक्सको पहिलो दिन पाँच स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र त्रिविले समान दुई तथा मधेश प्रदेशले एक स्वर्ण जितेका छन् । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी पाँच स्पर्धाको फाइनल बिहीबार हुनेछ ।


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो