चैत्र ११, २०८२ बुधबार | १७:२७:५०
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

पंक स्वेयकाे नाममा सार्वजनिक भएको इमेलको आधिकारिकता पुष्टी गर्न सिमोनको माग

पेरिस । डब्लुटिएका प्रमुख  स्टिभ सिमोनले  चीनको राष्ट्रिय संचार माध्यमले टेनिस स्टार पंक स्वेयकाे नाममा सार्वजनिक गरेको इमेल शंकास्पद  रहेको बताएका छन् ।

सिमानेल बुधबार एक विज्ञप्त्तीमार्फत पंकले इमेल लेखेको कुरा विश्वास गर्न गार्हो भएको उल्लेख गरेका छन् ।
पंकले उच्च चीनिया अधिकारीमाथि यौनर्दुव्यहारको आरोप लगाएपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखिएकी छैनन । 

उनले गत नोभेम्बरमा सामाजिक  संजाल वेबोमा  चीनको भाइस प्रिमियर रहेका जङ गाउलीले आफूमाथि यौनर्दुव्यहार गरेको भन्दै न्यायको माग गरेकी थिइन् । सन् २०१३ देखी २०१८ सम्म चीनका भाइस प्रिमियर रहेका जङ चीनका राष्ट्रपति सि जिङ पिङका विश्वास पात्र मध्येका एक हुन् ।

उनको नाममा बुधबार सो इमेल शेयर गरिएको थियो । सिजिटिएनले पंकको इमेल भन्दै अनलाइनमा प्रकाशन गर्दै आफू नहराएको र सुरक्षित रहेको दाबी गरिएको छ ।

‘म घरमा आराम गरिरहेकी छु  र सबै कुरा राम्रै छ’, उत्त इमेलमा उल्लेख गरिएको छ ।
साथै इमेलमा उनले आफ्नो नाममा कसैले झुटो प्रचारबाजी गरेको र आफूमाथि कसैले पनि यौनर्दुव्यहार नगरेको दाबी गरेकी छिन् ।
सो इमेल सार्वजनिक भएपछि सामाजिक संजालमा नियोजित रुपमा झुटो इमेल सार्वजनिक गरिएको भन्दै त्यसको आधिकारिकता पुष्टी गर्न माग गरिएको छ ।

‘यो इमेलले उनी अझै असुरक्षित छिन् भन्ने डर पैदा भएको छ’,सिमोनले भने,' यो विश्वास नै गर्न नसकिने इमेल हो । डब्लुटिए र समग्र विश्व टेनिस नै  पंक सुरक्षित छिन् भन्ने आधिकारिक रुपमा पुष्टी गर्न चीन सरकारसँग माग गर्दछ । साथै हामी पंकमाथि भएको यौनर्दुव्यहारको घटनाकोपनि निस्पक्ष छानबिनको माग गर्दछौ ।'
३५ वषिया पंक चीनिया टेनिसकी सर्वकालिन खेलाडी मध्येकी एक हुन्  । उनले सन् २०१३ मा विम्बल्डन र सन् २०१४ मा फ्रेन्च ओपन गरि दुई पटक ग्रान्ड स्लाम जितेकी थिइन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो