चैत्र ७, २०८२ शनिबार | २३:१४:४६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सूर्य नेपाल गल्फ टुर : जयरामलाई सिजनको पहिलो उपाधि

काठमाडौं । जयराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् ।

६८ पारको रोयल नेपाल गल्फ क्लबमा बिहीबार चार अन्डर ६४ खेलेका जयरामले समग्रमा नौं अन्डर दुई सय ६३ को स्कोरसहित उपाधिमा कब्जा जमाउँदा नेपाल नम्बर एक भुवन नगरकोटी दोस्रो भए । बिहीबार दुई अन्डर खेलेका नगरकोटीको समग्र स्कोर सात अन्डर दुई सय ६५ थियो । यसैगरी इभन पार खेलेका दीनेश प्रजापती (२६७) तेस्रो भए ।

उपाधिसँगै जयरामले एक लाख १० हजार रुपैयाँ पुरस्कार पाउँदा उपविजेता भुवनले ७४ हजार तथा दीनेशले ६० हजार रुपैयाँ हात पारे ।

कुमार कामी, भुवनकुमार रोक्का र अग्रस्थानमा रहेर अन्तिम दिनको खेल सुरु गरेका रवि खड्काले समान तीन अन्डर दुई सय ६९ स्कोरका साथ संयुक्त रुपमा चौथो स्थानमा चित्त बुझाए । चौथो हुने तीनैजनाले जनही ४२ हजार रुपैयाँ पुरस्कार पाए ।  

यसैगरी शुक्रबहादुर राई (२७०) सातौं हुँदा धनबहादुर प्रजापती र संजय लामा (समान २७४) संयुक्त रुपमा आठौं भए । विनोद तामाङ (२७७) दशौं भए । पुरस्कारस्वरुप शुक्रबहादुरले ३२ हजार रुपैयाँ पाउँदा धनबहादुर र संजयले समान २६ हजार पाँच सय तथा विनोदले २३ हजार रुपैयाँ प्राप्त गरे ।

एमेच्योरतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदकधारी सुवास तामाङले दुई अन्डर दुई सय ७० स्कोरसहित उपाधि जिते । मेजर निश्चयजंग रायामाझी (२९३) दोस्रो तथा विदुर तामाङ (२९५) तेस्रो भए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो