माघ १७, २०८२ शनिबार | ०९:५७:११
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

अनु र रशिला दोस्रो चरणमा 

काठमाडौं,(खेलाडी)– विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगगत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपिएफ क्लबकी शोर्भा गौचनमाथि २१–१७ र २१–११ ले पराजित गरिन् । आर्मीकी रशिला महर्जनले नखिपोट युथ क्लबकी नविना राईमाथि २१–२ र २१–६ को एकपक्षीय जित निकालिन् । 

यस्तै एपिएफकी सुनैना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २१–७ र २१–१५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् । एपिएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवामाथि २१–९ र २१–१५ को सहज जित निकालिन् । यस्तै फिलिट नेपालकी सीमा राजवंशीले हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१–५ र २१–२ को सोझो सेटमा हराईन् ।

यस्तै नेपाल पुलिस क्लबकी  नीता लम्सालले बीबीसीकी प्रतिष्ठा अर्याललाई २१–१० र २१–७ ले तथा आर्मीकी रोज पाण्डेले जेस्ट ब्याडमिन्टन एकेडेमीकी तारा आलेमगरलाई २१–५ र २१–१० ले हराइन् । 
पुरुष डबल्सतर्फ शनिबार राउन्ड अफ ६४ को खेल सम्पन्न भएका छन् ।

आइतबार पुरुष एकतर्फको राउन्ड अफ ३२ को सबै १६ खेलमा प्रतिस्पर्धा हुदैछ । पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्समा राउन्ड अफ ३२ को सबै १६ खेलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ । 


करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।