चैत्र ८, २०८२ आइतबार | १७:५१:५२
बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै

अनु र रशिला दोस्रो चरणमा 

काठमाडौं,(खेलाडी)– विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगगत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपिएफ क्लबकी शोर्भा गौचनमाथि २१–१७ र २१–११ ले पराजित गरिन् । आर्मीकी रशिला महर्जनले नखिपोट युथ क्लबकी नविना राईमाथि २१–२ र २१–६ को एकपक्षीय जित निकालिन् । 

यस्तै एपिएफकी सुनैना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २१–७ र २१–१५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् । एपिएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवामाथि २१–९ र २१–१५ को सहज जित निकालिन् । यस्तै फिलिट नेपालकी सीमा राजवंशीले हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१–५ र २१–२ को सोझो सेटमा हराईन् ।

यस्तै नेपाल पुलिस क्लबकी  नीता लम्सालले बीबीसीकी प्रतिष्ठा अर्याललाई २१–१० र २१–७ ले तथा आर्मीकी रोज पाण्डेले जेस्ट ब्याडमिन्टन एकेडेमीकी तारा आलेमगरलाई २१–५ र २१–१० ले हराइन् । 
पुरुष डबल्सतर्फ शनिबार राउन्ड अफ ६४ को खेल सम्पन्न भएका छन् ।

आइतबार पुरुष एकतर्फको राउन्ड अफ ३२ को सबै १६ खेलमा प्रतिस्पर्धा हुदैछ । पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्समा राउन्ड अफ ३२ को सबै १६ खेलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ । 


करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो