चैत्र १०, २०८२ मंगलबार | १९:२६:१३
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

अन्तर्राष्ट्रिय ताइची डेस् नेपालमा एक सय खेलाडीहरुको संयुक्त प्रदर्शनी

काठमाडौँ। पाटन दरबार सङ्ग्रहालयमा पहिलो अन्तर्राष्ट्रिय ताइची दिवस भव्यताका साथ मनाइएको छ।

मार्च २१ तारिखका दिन विश्वभर ताइची दिवस मनाउने क्रममा नेपाल ताइचीछ्वान महासङ्घ, चाइना कल्चर सेन्टर र नेपाल अरनिको समाजले संयुक्त रूपमा कार्यक्रम आयोजनामा गरिएको हो।

‘फिट फर लाइफ, गो फर ताइची’ भन्ने नाराका साथ मनाइएको दिवसमा नेपालका राष्ट्रियरअन्तर्राष्ट्रिय खेलाडीहरूले विभिन्न विधाका १०० भन्दा बढी खेलाडीले ताइची कला प्रदर्शनी गरेका थिए।

जसमा पाटन सङ्ग्रहालय र ललितपुरको तर्फबाट आधारभूत ताइची प्रदर्शनी गरे भने नेपाल ताइची सेन्टरका खेलाडीहरूले बाफाउफु फर्म, ८ फर्म र १३ फर्म प्रस्तुत गरेका थिए। त्यस्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेता आङबाबु लामा, दोस्रो ताइची अन्तर्राष्ट्रिय प्रतियोगिताका रजत विजेता सुनिज श्रेष्ठ र आमिर लामाको ४२ फर्मको प्रस्तुत गरेका थिए।

त्यसमा साफका रजत विजेता खेलाडी मचारत्न महर्जनको ताइची सोर्ड प्रदर्शन विशेष देखिएको थियो।

सोही अवसरमा चाइनिज उसु महासङ्घका पूर्व उपाध्यक्ष तथा बेइजिङ उसु इन्स्टिच्युटका अध्यक्ष ग्रान्ड मास्टर वु विनले कार्यक्रमको सफलताको भिडियो सन्देश पठाएका थिए। समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपालमा ताइची खेलका संस्थापक कर्मा लामालाई सम्मान गरे।

उसुको प्रदर्शन पछि इनर मंगोलियन आर्टिस्ट ग्रुपले विभिन्न साङ्गीतिक प्रस्तुति दिएका थिए भने ताइचीका खेलाडी रिझा श्री महर्जनले भ्वाइलिन प्रस्तुति पेस गरेकी थिइन्।

कार्यक्रमको एउटा प्रमुख आकर्षणको रूपमा ८२ वर्षिया खेलाडी अन्नपूर्णा कुँवरको युवा खेलाडीहरूलाई प्रेरित गर्ने मन्तव्य पनि थियो।
कार्यक्रममा नेपाल अरनिको समाजका अध्यक्ष डा। सुशील प्रजापति, चाइना कल्चर सेन्टरका डेप्युटी डाइरेक्टर लिउ चान फिङले ताइचीको विशेषता बारे मन्तव्य व्यक्त गरेका थिए।

सोही अवसरमा नेपाल ताइचीछ्वान महासङ्घका अध्यक्ष समेत रहेका प्रशिक्षक मचारत्न महर्जनले नेपालको विभिन्न क्षेत्रमा पुगेर स्वस्थ नागरिक उत्पादन गर्न ताइची खेल विस्तार गर्ने महासङ्घको योजना रहेको बताउनु भयो।

उनको योजनालाई समर्थन गर्दै समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नागरिकलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने ताइची खेललाई विस्तार गर्न महानगरपालिकाबाट सहयोग हुने प्रतिबद्धता जनाएका थिए। उनले भने, ‘मैले विश्वको धेरै ठाउँ घुम्दा ताइची गरेका बालक देखि बद्धसम्मलाई देखेँ। यस्ता स्वस्थ नागरिक उत्पादन गर्ने खेललाई ललितपुर देखि देशका अन्य स्थानमा पुर्‍याउन महानगर हात बढाउन तयार छ।’

नेपाल ताइचीछ्वान महासङ्घले काठमाडौँको विभिन्न स्थानमा ताइची प्रशिक्षण गर्दै आएको छ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो