फाल्गुन १, २०८२ शुक्रबार | ०७:३८:५६
एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै

राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल

फाइल तस्विर ।

काठमाडौं । महिला एसिया कप राइजिङ स्टारको पहिलो खेलमा शुक्रबार नेपाली राष्ट्रिय महिला टोलीले पाकिस्तान ‘ए’ को सामना गर्दैछ । एसियन क्रिकेट काउन्सिल(एसिसि)को आयोजनामा शुक्रबारबाट यस प्रतियोगिता थाइल्याण्डमा सुरु हुदैछ ।

नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल नेपाली समय अनुसार शुक्रबार बिहान ८ः१५ मा सुरु हुनेछ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताको पहिलो खेलमा सुखद नतिजा निकाल्नेमा दुवै टोली विश्वस्त रहेका छन् ।

यो प्रतियोगिता एसियाका चार एसोसिएट राष्ट्रका राष्ट्रिय टोली र चार फुल मेम्बर राष्ट्रका ए टोलीका बीचमा हुनेछ । प्रतियोगितामा आठ राष्ट्रको सहभागीता रहेको छ । सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘ए' मा भारत ‘ए', पाकिस्तान ‘ए'र युएई रहँदा अर्को समूहमा मलेसिया, श्रीलंका ‘ए', बंगलादेश ‘ए' र थाइल्याण्ड रहेका छन् । आ-आफ्नो समूहको शीर्ष दुईमा रहने चार राष्ट्रहरुले सेमिफाइनलमा स्थान बनाउँने छन् । दुई सेमिफाइनलका विजेताका बीचमा फागुन १० मा उपाधीका लागि खेल हुनेछ ।

प्रतियोगितामा नेपालका खेलहरु

फागुन १ गते बिहान ८ः१५ मा पाकिस्तान ‘ए' विरुद्ध
फागुन ३ गते बिहान ८ः१५ मा युएईविरुद्ध
फागुन ५ गते बिहान ८ः१५ मा भारत ‘ए' विरुद्ध

प्रतियोगितामा सहभागी नेपाली टिम

पूजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबि पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिष उपाध्याय, काजोल श्रेष्ठ र सिमाना केसी


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026