फाल्गुन २७, २०८२ बुधबार | ०४:१८:४६
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा

काठमाडौं । दक्षिण अफ्रिका भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा समूह चरणमा अपराजित रहँदै सुपर आठमा पुगेको छ । समूह चरणको एक खेलअघि नै सुपर आठमा प्रवेश गरिसकेको दक्षिण अफ्रिकाले समूह चरणको अन्तिम खेलमा युएईलाई पराजित गरेको हो ।

बुधवार सम्पन्न दिनको पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले अपराजित रुपमा आफ्नो समूहको यात्रा सकेको हो । समूह चरणमा दक्षिण अफ्रिकाले न्युजिल्याण्ड, अफगानिस्तान, क्यानडा तथा युएईलाई पराजित गरेको हो । दक्षिण अफ्रिका रहेको समूहबाट उपविजेताको रुपमा न्युजिल्याण्ड समेत सुपर आठमा पुगेको छ ।

सुपर आठमा दक्षिण अफ्रिका भारत, जिम्बाब्वे र वेस्ट इण्डिजसँग समूह वानमा रहेको छ । युएईले दिएको १ सय २३ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा डिभाल्ड ब्रेबिसले २९ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३६ रन बनाउँदै आउट भए ।

रायन रिकल्टन १६ बलमा ३ चौका र २ छक्काको ३० रनमा आउट हुँदा कप्तान एडेन माक्ररम २८ रनमा आउट भए । युएईका लागि हैदर अलि, मोहम्मद जगदुल्लाह, मोहम्मद फरिक र मोहम्मद अरफानले समान १ विकेट लिए ।

त्यसअघि दिल्लीमा रहेको अरुण जेट्ली क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रनको मध्यम योगफल तयार गरेको थियो ।

युएईका लागि अलिशान सरफुले ३८ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाउँदै आउट भए । कप्तान मोहम्मद वासिम २२, ओपनर आर्यशं शर्मा १३ तथा मोहम्मद अरफान ११ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि खेलको प्लेयर अफ द म्याच समेत भएका कर्विन बोसले ३, एनरिक नोर्कियाले २ तथा जर्ज लिन्डाले १ विकेट लिए । बुधबार नै अन्य दुई खेल हुदैछन् । पाकिस्तान र नामिबीयाबीचको खेल जारी रहँदा बेलुका भारत र नेदरल्याण्ड्स खेल्दैछन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||