चैत्र १३, २०८२ शुक्रबार | ०१:५९:३९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

‘अयोग्य’ मीराको जाज्वल्यमान अल्ट्रा यात्रा

पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो । तर मीराको यात्रा खोतल्ने हो भने खेलाडी बन्नुअघि होस् या त्यसपछि, उनको यात्रा कम रोमाञ्चक छैन । 

सफलता प्राप्ती पछि फर्केर हेर्दा यात्राका सबै घुम्ती प्रिय लाग्न पनि सक्छन् । सायद उनको धैर्यताको मापन तिनै कठिन घुम्तीका कारण भएका थिए । हरेक कठिन परिस्थितिबाट अघि बढेकैले होला उनलाई मिहिनेत गर्न कत्ति पनि डर, अल्छी लाग्दैन । पछिल्लो ५-६ वर्षमा उनले विश्वभर अल्ट्राका निकै कठिन दौड पूरा गरेकी छिन् ।

क्षमता भएका सबै खेलाडी सफल हुन्छन् भन्ने छैन । औसत मानिएका खेलाडी पनि सफल भएका उदाहरण छन् । कतिलाई भाग्यले पनि साथ दिन्छ । मिहिनेत गरेकै भरमा सफलता पाइन्छ भन्ने ग्यारेन्टी हुन्दैन । तर, सफलता पाउनका लागि मिहिनेत भने गर्नैपर्ने हुन्छ । त्यस्तै मेहनती र सबैको साथ पाएर खेल जीवनमा उकालो चढेकी खेलाडी हुन् मीरा । कठिन मानिने अल्ट्रा दौडमा मीराले आफुलाई स्थापित गरेकी छिन् । देशभित्र भन्दा बाहिर उनले लामो र कठिन दौड दौडिएकी छिन् ।

५ किलो मिटर दौडबाट आफ्नो भाग्य जाँचेकी मीराले पछि १ सय किलोमिटर वा त्यो भन्दा बढीको दौड छिचोलिन् । शरीरमा तागत, मिहिनेत र धर्यता विना त्यो सफलता कल्पना पनि गर्न सकिन्न । सफलताका लागि व्यक्तिगत क्षमता जति महत्त्वपूर्ण हुन्छ त्यत्तिकै यस यात्रामा आवश्यक साथ, सहयोग र वातावरणको भूमिको पनि अर्थ रहन्छ । मीराको यात्राका हरेक मोडमा कोहि न कोहि त्यस्तै सहयोगी भावना भएका व्यक्तिहरु भेट भएको पाइन्छ । जसले उनलाई पछाडि फर्केर हेर्नुपरेन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो