फाल्गुन २०, २०८२ बुधबार | १३:०७:२५
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

एरिकालाई कराते महासंघको सम्मान

काठमाडौं । कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक विजेता एरिका गुरुङलाई नेपाल कराते महासंघले आइतबार २ लाख रुपैयाँ (चेक)सहित सम्मान गरेको छ । 

उक्त रकम सिल्क ग्रुपका रमेश शेर्पा र महासंघका पूर्व कोषाध्यक्ष किशोर भट्टराईले प्रायोजन गरेका हुन् ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एरिकालाई चेक हस्तान्तरण गरेका थिए । सोही अवसरमा कराते प्रशिक्षक मण्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

मोरोक्कोको राबतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौल समूहमा एरिकाले कांस्य पदक जितेकी थिइन् ।

कांस्य भिडन्तमा एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरेकी थिइन् । उनी यो प्रतियोगितामा पदक जित्ने एकमात्र नेपाली खेलाडी हुन् ।

सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेले पनि एरिका सेन्सुका आधारमा पराजित हुन पुगेकी थिइन् ।

त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई पराजित गरेकी थिइन् ।

यस्तै एरिकाले एसियाली खेलकुद, एसियन च्याम्पियनसिप, थाइल्यान्ड ओपन, अस्ट्रेलियन ओपन, युएस ओपनलगायतका थुप्रै प्रतियोगितामा नेपाललाई पदक दिलाएकी छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||