माघ ४, २०८२ आइतबार | ०६:१९:४८
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

एरिकालाई कराते महासंघको सम्मान

काठमाडौं । कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक विजेता एरिका गुरुङलाई नेपाल कराते महासंघले आइतबार २ लाख रुपैयाँ (चेक)सहित सम्मान गरेको छ । 

उक्त रकम सिल्क ग्रुपका रमेश शेर्पा र महासंघका पूर्व कोषाध्यक्ष किशोर भट्टराईले प्रायोजन गरेका हुन् ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एरिकालाई चेक हस्तान्तरण गरेका थिए । सोही अवसरमा कराते प्रशिक्षक मण्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

मोरोक्कोको राबतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौल समूहमा एरिकाले कांस्य पदक जितेकी थिइन् ।

कांस्य भिडन्तमा एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पराजित गरेकी थिइन् । उनी यो प्रतियोगितामा पदक जित्ने एकमात्र नेपाली खेलाडी हुन् ।

सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५-५ को बराबरी खेले पनि एरिका सेन्सुका आधारमा पराजित हुन पुगेकी थिइन् ।

त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई पराजित गरेकी थिइन् ।

यस्तै एरिकाले एसियाली खेलकुद, एसियन च्याम्पियनसिप, थाइल्यान्ड ओपन, अस्ट्रेलियन ओपन, युएस ओपनलगायतका थुप्रै प्रतियोगितामा नेपाललाई पदक दिलाएकी छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate